Comments Add Comment

विदेश अध्ययनबारे सोच्दै हुनुहुन्छ ? साउन ३ देखि हुँदैछ वृहत शैक्षिक मेला


२ साउन, काठमाडाैं । उच्च शिक्षा अध्ययनका लागि विदेशी शिक्षण संस्थामा जाने योजना बनाइरहनुभएको छ भने तपार्इं का लागि एकै ठाउँमा सम्पूर्ण सूचना र परामर्श उपलब्ध हुँदैछ ।

नेपाल शैक्षिक परामर्श संघले भोलि अर्थात् साउन ३ गतेदेखि वृहत शैक्षिक मेला आयोजना गर्दैछ । १२ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो मेला नेपालमा सबैभन्दा ठूलो र धेरै शिक्षण संस्था सहभागी मेला हो ।

विश्वका उत्कृष्ट गन्तब्य मुलुकहरुको शिक्षण प्रणाली र छात्रबृत्ति अवसरबारे जानकारी दिइने यो मेला साउन ६ गतेसम्म काठमाडाैंकाे भृकुटीमण्डमा चल्ने छ ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेका अनुसार मेलामा विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु सहभागी हुने भएकाले विद्यार्थी तथा अभिभावकले उनीहरुबाटै प्रत्यक्ष रुपमा जानकारी पाउन सक्नेछन् ।

मेलामा २२६ भन्दा धेरै स्टल र १७ पेभिलियन रहनेछन् । जहाँ अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, जापान, युरोपियन मुलुक तथा भारत र चीनका उत्कृष्ट शिक्षण संस्थाका प्रतिनिधिहरु एवं परामर्शदाताले ती देशको शैक्षिक अवसरबारे जानकारी दिनेछन् ।

मेलामा चारै दिन निःशुल्क डेन्टल क्याम्प, प्राथमिक उपचार तथा रक्तदान कार्यक्रमसमेत सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment