+
+

डा. केसीद्वारा स्वास्थ्यजाँच अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ४ गते १९:४०

४ साउन, काठमाडौं । डा. गोविन्द केसीले बिहीबार जुम्लामा सरकारको व्यवहारको विरोधमा आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् ।

हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीले बिहीबार जुम्लामा सरकारले अस्पतालभित्रै गरेको आक्रमणको विरोधमा स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका हुन् ।

केसीले ब्लड प्रेसर नाप्न, मुटुको चाल नाप्नसमेत दिएका छैनन् । उनका सहयोगीका अनुसार बिहीबारपछि डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सकिएको छैन । केसीले आफ्नो रगत जाँचको लागि नमुना झिक्न पनि नदिएका उनका सहयोगीले बताएका छन् ।

बिहीबार केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै प्रवेश गरी विद्यार्थी र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?