Comments Add Comment

सानिमा बैंकको कर्जा सीमा परीक्षण गर्ने प्रविधि


४ साउन, काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखि सानिमा अनलाइन कर्जा सिमा परीक्षण तथा कर्जा आवेदन दिने प्रविधि ल्याएको छ ।

यस प्रविधिअनर्तगत कम्प्युटर, मोवाइल वा ट्यावलेट जस्ता उपकरणहरुको प्रयोग गरी घरै बसि आˆनो कर्जा सिमा थाहा पाउन सकिन्छ साथै कर्जा आवेदन पनि दिन सकिनेछ ।

यस प्रविधिको प्रयोग गरि कर्जा आवेदन गर्ने ग्राहकलाई कर्जा सेवा शूल्कमा आकर्षक छुटको व्यवस्था गरिएकोे छ ।

सानिमा बैंकले ग्राहकको सुविधाका लागि नयाँ प्रविधीको प्रयोग गर्दै आएको छ । चेक जम्मा गर्ने  KIOSK, Mobile Money transfer, Secure EMV Chip Card जस्ता प्रविधी बैंकले पहिलेनै ल्याइसकेको छ ।

साथै यो प्रविधीमार्फत ग्राहकले कर्जा सिमा थाहा पाउने र कर्जा आवेदन दिने हुदाकर्जा प्रकृया अझ सजिलो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment