Comments Add Comment

प्रदेश २ को संसद बैठक अवरुद्ध

१० साउन, जनकपुरधाम । नेपाली कांग्रेसले बिहीबार पनि प्रदेशसभा २ को बैठक अवरुद्ध गरेको छ ।

दिउँसो ३ बजे बसेको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

प्रतिपक्षी दल कांग्रेस सांसदले बैठक सुरु हुनेवित्तिकै उभिएर बैठक अवरुद्ध पारेका हुन् । प्रदेश सभाको बैठकमा सभामुखले प्रदेश प्रमुखको पत्र पढेर सुनाउने र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विपद् व्यवस्थापन गर्न बनेको बिधेयक २०७५ प्रस्तुत गर्नुहुने कार्यसुची रहेको थियो ।

कार्यसूचीमा प्रवेश नगर्दै कांग्रेसले बैठक अवरुद्ध पारेका हो । अर्को बैठक साउन १३ गते दिउँसो ३ बजेलाई तोकिएको प्रदेश संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment