Comments Add Comment

२६ पेनाल्टी हान्दा म्यानचेस्टर युनाइटेड विजयी

१० साउन, काठमाडौं । इन्टरनेशनल च्याम्पियन्स लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले र एसी मिलानलाई रोमाञ्चक पेनाल्टी सुटआउटमा हराएको छ ।

निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो, जसमा जीतहार छुट्याउनको लागि २६ पेनाल्टी आवश्यक परेको थियो ।

निक्कै नै रोमाञ्चक पेनाल्टी सुटआउटमा जोसे मोउरिन्होको टिम युनाइटेड भाग्यमानी रहृयो र इटालियन महारथी मिलानमाथि ९-८ को जित हासिल गर्‍यो ।

खेलमा चिलीका फरवार्ड एलेक्सिस सान्चेजले १२ औं मिनेटमा गोल गरेपछि म्यानेस्टर युनाइटेडले अग्रता लिएको थियो । तर, त्यसको ३ मिनेटमै मिलानको लागि सुसोले गोल फर्काए ।

९० मिनेटसम्म १-१ को बराबरी भएपछि सिधै पेनाल्टीमा गएको खेलमा एन्डर हरेराले आफ्नो दोस्रो पेनाल्टीबाट युनाइटेडलाई अग्रता दिलाए र मिलानका आइभोरियन २१ वर्षीय फ्रयाङ्क केसीले निर्णायक पेनाल्टी मिस गरेपछि युनाइटेडले जित्यो ।

युनाइटेडका पोर्चुगिज गोलकिप्पर जोएल पेरिराले फाबियो बोरिनी र सुसोको प्रहार बचाएका थिए र युनाइटेडको पाँचौ पेनाल्टीमा गोल समेत गरेका थिए ।

‘अर्को साताबाट मैले आउँदो सिजनमा कहाँ खेल्ने हो भन्ने थाहा हुन्छ,’ खेलपछि पेरिराले भने, ‘म प्रशिक्षकले मलाई गरेको विश्वास सही छ भन्ने प्रमाणित गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment