Comments Add Comment

सुजुकीको स्विफ्ट एक्स्चेन्ज क्याम्पको आयोजना हुने


११ साउन, काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले ३ दिने एक्स्चेन्ज क्याम्पको आयोजना गर्ने भएको छ ।

सीजी मोटोकर्पले यही श्रावण १३ देखि श्रावण १५ सम्म आफ्नो नयाँ स्विफ्ट तेस्रो संस्करणको मोडललाई लक्षित गर्दै ३ दिने एक्स्चेन्ज क्याम्पको आयोजना गर्ने भएको हो । स्विफ्टको नयाँ मोडलसँग एक्स्चेन्ज गर्दा कम्पनीले उपभोक्ताहरुलाई ठाउँमै मूल्य निर्धारण गरी रु ४०,००० को विशेष एक्स्चेन्ज बोनस प्रदान गर्नेछ ।

साथै, कम्पनीले सोही मोडलमा ११.९९ प्रतिशतको विशेष ब्याजदरले उचित फाइनेन्सको व्यवस्था प्रदान गर्नेछ । यस एक्स्चेन्ज योजना देशका सम्पूर्ण सुजुकी आउटलेटमा उपलब्ध रहने कम्पनीले जनाएको छ । तेस्रो संस्करणको नयाँ स्विफ्ट यस श्रेणीको सर्वाधिक स्पोर्टी रुप भएको मोडल हो ।

पूर्ण रुपमा नयाँ डिजाइन सहितको यस सवारी साधन पाँचौ संस्करणको हर्टेक्ट प्ल्याटफर्ममा निर्मित छ जसले यसलाई अझ मजबुत र सुरक्षित बनाएको छ । यस मोडलमा पूर्व परीक्षण गरिएको के १२ भिभिटि ईन्जिन रहेको छ जसले ८३ पिएस पावर सहित २२ किलोमिटर प्रति लिटरको उत्कृष्ट माइलेज प्रदान गर्दछ ।

नयाँ स्विफ्टमा डुवल एयरब्याग, एन्टिलक ब्रेकिङ प्रविधि, फ्रन्टल पेडेस्ट्रियन प्रोटेक्सन प्रविधि, फोर्स लिमिटर र प्रिटेन्स्नर सहितको सिट बेल्ट एवं सुरक्षामा केन्द्रित आइसोफिक्स् चाइल्ड सिट एन्कोरेजस्ता प्रविधि उपलब्ध छन् ।

साथै, यस स्विफ्टमा सुविधायुक्त ब्लुटुथ ह्याण्ड्स फ्रि प्रविधि, अटो एसि, अलोय व्हील, पुश स्टार्ट बटन, रिमोट किलेस इन्ट्रि, फ्रन्ट फग ल्याम्पस्, सेक्युरिटी आलार्म् सिस्टम आदि इत्यादि प्रविधि समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment