Comments Add Comment

नवयुवा लिस्नु कप फुटबलको सेमिफाइनलमा


१६ साउन, बुटवल । नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देहीको कोटिहवामा जारी १८ औं लिस्नुकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पशुपति माविको मैदानमा बुधबार भएको निकैप्रतिस्पर्धात्मक खेलमा नवयुवाले सडन डेथको सहारामा वालिङ नगरपालिका स्याङजालाई पाखा लगाउंदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सडन डेथमा वालिङका विदेशी खेलाडी सोलोको पेनाल्टी प्रहार गोलपोष्ट बाहिर गएर असफल भएसंगै नवयुवाका सोयल रानाको प्रहारले जाली चुमेपछि नवयुवाको पक्षमा नतिजा आएको हो ।

यसअघि निर्धारित समयमा दुबै टिम एक-एक गोलको बराबरी खेलेका थिए भने ट्राइब्रेरकरमा पनि दुबै टिमले तीन-तीन गोल गरेका थिए । बुधबारको खेलमा नवयुवाका सोयल राना म्यान अफ द म्याच भए ।

बिहीबारको अन्तिम क्वार्टरफाइनल खेल डिवाईसी सियारी-१ र न्यू सिर्जना युवा क्लब करौजिया तिलोत्तमाबीच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षत्रीले जानकारी दिए ।

साउन २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११ सहित रुपन्देही,नवलपरासी,दाङ,स्याङजा र चितवनका गरी १६ टिमले भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment