Comments Add Comment

एकदिवसीय क्रिकेटमा नेपालको डेब्यूः खुसी र पीडा एकसाथ

१६ साउन, काठमाडौं । बुधबार नेपाली क्रिकेटसामू खुसी र पीडा एकसाथ आयो । वर्षौको मेहनतको फलका रुपमा एकदिवसीय क्रिकेटको यात्रा आरम्भ गर्दाको खुसी थियो तर, नेदरल्याण्ड्ससँग हरेका कारण डेब्यू उत्साहजनक हुन सकेन ।

टप अडरका ब्याटिङ नचल्दा नेपालने नेपालल्याण्ड्सँग ५५ रनले पराजित हुन पुगेको हो ।

१९० रनको लक्ष्य पछ्याएको नेपालले ४१.५ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

नेपालको सुरुवात राम्रो थियो । उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । अनिल व्यक्तिगत २१ रनमा आउट भए ।

त्यसपछि नेपालले ठूलो साझेदारी नै गर्न सकेन । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भए । थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल पनि पभेलियन फर्किए ।

आरिफ शेख पनि सस्तैमा आउट भए । छैटौं नम्बरमा आएका सोमपाल कामी पनि चलेनन् । छैटौं विकेटका रुपमा बसन्त रेग्मी आउट हुँदा नेपालको स्कोर १०६ रन थियो ।

दिपेन्द्र सिंह ऐरीले टिकेर खेल्न खोजे । तर, उनी पनि व्यक्तिगत ३३ रनमा आउट भए ।

मल्लको अर्धशतक

नेपालले पहिलो एकदिवसीय क्रिकेट खेल्दै गर्दा उपकप्तान मल्लले अर्धशतक हानेका छन् । ५६ बलको सामना गरेका उनले ८ चौकाको मदतमा ५० रन पुरा गरेका हुन् ।
तर, अर्धशतकमा एक रन थप्नासाथ आउट हुन पुगे ।

पारसको ४ विकेट

यसअघि नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोज्यो । पारस खड्काले उत्कृष्ट बलिङ गरेपछि घरेलु टोली ४७.४ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो ।

उसका रिपोनले ५१ रन बनाए । पारसले १० ओभरमा २६ रन दिएर ४ विकेट लिएका थिए । सोमपाल कामीले ३ विकेट लिँदा करण केसी, सन्दिप लामिछाने र बसन्त रेग्मीले १-१ विकेछ हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment