Comments Add Comment

भ्यान दुर्घटना हुँदा भरतपुरमा एकको मृत्यु, ९ जना घाइते

२० साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका-५ सिताराम चोकमा आइतबार दिउँसो म्याजिक भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

भरतपुर-७ गितानगरबाट सदरमुकाम भरतपुर आउँदै गरेको ना१ज ६६२५ नम्बरको भ्यान तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा भरतपुर महानगरपालिका-१४ का सुदीप भुजेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भुजेल भ्यानभित्र मुढामा बसेका थिए । उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा पुर्‍याइएको छ ।

घाइते ९ जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment