+
+

सलमानका कारण ऐश्वर्याले फुत्काइन् दुई ठूला फिल्म !

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २१ गते १०:०४

बलिउड अभिनेत्री ऐश्वर्या रायको पूर्वप्रेमी सलमान खानसँग पानी बाराबार छ । उनीहरु एउटै फिल्म खेल्ने त कुरै छाडौं, भेट हुँदा एक-अर्कासँग छड्किएर हिँड्छन् ।

तर, सलमानसँगको खराब सम्वन्धले ऐश्वर्यालाई भने ठूलो घाटा पुगेको खुलासा भएको छ । उनले निर्देशक सञ्जय लिला भन्सालीका दुई ब्लकबस्टर फिल्म गुमाएकी छन् ।

ऐश्वर्याका अनुसार फिल्म ‘बाजिराव मस्तानी’ का लागि भन्सालीले सुरुमा उनलाई अफर गरेका थिए । उनी खेल्न तयार पनि भएकी थिइन् ।

भन्सालीको सोच थियो, यो फिल्ममा ऐश्वर्या र सलमानको जोडी बनाउने । तर, ‘हम दिल दे चुके सनम’ को यो सुपरहिट जोडीलाई कास्ट गराउने उनको चाहना सलमानको कारण पूरा भएन । ऐश्वर्याको नाम आउनासाथ सलमानले यो फिल्म खेल्न इन्कार गरे । त्यसपछि भन्सालीले ऐश्वर्यालाई पनि यो फिल्म खेलाएनन् । उनले रणवीर सिंह र दिपिका पादुकोणको जोडी बनाए । फिल्म खुबै चल्यो पनि ।

यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘पद्मावत’ मा पनि भन्सालीको पहिलो छनोट सलमान र ऐश्वर्या नै थिए । उनी ऐश्वर्यालाई पद्मावती र सलमानलाई खिलजीको भूमिकामा उतार्न चाहन्थे । यहाँ पनि उनले सलमानलाई मनाउन सकेनन् । सलमानले नखेल्दा ऐश्वर्याको हातबाट यो फिल्म पनि गुम्यो । अन्ततः उनै दिपिका र रणवीरलाई चिठ्ठा पर्‍यो ।

यदि ऐश्वर्याले यी दुवै फिल्म पाएकी भए उनको करिअर सम्भवतः नयाँ उचाईमा पुग्ने थियो । हालै एक कार्यक्रममा उनले सलमानको नाम नलिइकन यी दुई फिल्म एक अभिनेताको कारण गुमाएको आफैंले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?