Comments Add Comment

छायांकन नसकिदै ‘द ब्रेकअप’का निर्माताकै ब्रेकअप


चलचित्र ‘द ब्रेकअप’ निर्माण अगाडिदेखि नै लफडामा परेको थियो । चलचित्रको छायांकन अगाडिदेखि नै लफडा पर्दा करिब १ बर्ष चलचित्रको छायांकन सुरु हुन सकेको थिएन । तर, चलचित्रको छायांकन जसोतसो सुरु भयो ।
नेपालमा छायांकन सकेर यसको निर्माणपक्ष अष्ट्रेलिया पनि पुग्यो ।

अष्ट्रेलियामा छायांकन सकेर नेपाल फर्किएपछि यसका निर्मातामध्येका एक रोहित अधिकारीले आफूले यसको निर्माणबाट हात झिकेको उल्लेख गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्–‘द ब्रेकअप’को निर्माणबाट रोहित अधिकारी फिल्मस् बाहिरिएको छ । अब चलचित्रको सम्पूर्ण कामहरु साझेदारी कम्पनी ह्याप्पी प्लानेटले गर्नेछ । चलचित्रको सम्पूर्ण पोष्टर तथा प्रचार सामाग्रीमा मेरो र कम्पनीको नाम उल्लेख नगरिदिनुहुन मिडियाकर्मीहरुलाई अनुरोध गर्दछु ।’

रोहितले निर्देशक हेमराज वीसीसँगको असमझदारीका कारण आफूले चलचित्र छाडेको बताएका छन् । चलचित्रमा रोहित अधिकारी फिल्मस्ले गरेको लगानी फिर्ता गर्ने र ब्यानर हस्तान्तरण गर्ने काम भैरहेको रोहित अधिकारीले बताएका छन् ।

आशिरमान देशराज जोशी र शिल्पा मास्केको यो चलचित्रमा मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment