Comments Add Comment

बर्दिबासमा भएका दुर्इ छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

दुर्घटना भएको ट्याक्टर

२१ साउन, बर्दिबास । बर्दिबास नगरपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका-५ स्थित बोलबम तीर्थबाट र्फकंदै गर्दा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ भने बसको ठक्करबाट अर्का एक युवकको मृत्यु भएको हो ।

सोमबार दिउँसो साउने सोमबारमा बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर महादेव मन्दिरमा लाग्ने मेलाबाट फर्कदै गरेको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

ज१त ९३२६ नम्बरको ट्याक्टरबाट खसेर महोत्तरी गाउँपालिका ४ रानीरतवारा की ६० वर्षीया मनतोरीयादेवी मुखियाको ज्यान गएको हो ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी मुखियाको उपचारको क्रममा बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा मृत्यु भएको हो ।

महोत्तरीको बर्दिवास ५ स्थित टुटेश्वर महादेवको मन्दिर स्थलमा साउनमा ठुलो मेला लाग्ने गर्दछ । उक्त साउने मेलामा भारतबाट समेत तीर्थालुहरु आउने गरेका छन् ।

तीर्थालुहरुले यात्राको क्रममा ट्याक्टर प्रयोग गर्दा राजमार्ग क्षेत्रमा दुर्घटना बढ्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण गर्न र त्यसलाई रोक्ने प्रयास गरेको भएतापनी तीर्थालुहरुले सडकमै जाम लगाउने गरेको कारण त्यसलाई न्युनिकरण गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

त्यस्तै आईतबार राती बर्दिवास नगरपालिका बजार क्षेत्रमा बसको ठक्करबाट बर्दिवास नगरपालिका ४ बस्ने २८ बर्सिय गणेश बिश्वकर्माको बसको ठक्करबाट मृत्यु भएको जिला ट्राफिक प्रहरी कार्यालय महोत्तरी बर्दिवासले जनाएको छ ।

बर्दिवासबाट पश्चिम तर्फ जाँदै गरेको ग१ख ४०१८ नम्बरको यात्रुबाहक बसको ठक्करबाट सोही दिशा तर्फ जाँदै गरेको बा९प ३९७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक बिश्वकर्माको मृत्यु भएको हो ।

ठक्कर दिने बसलाइ प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment