२२ साउन, काठमाडौं । दिगो विकास तथा सुशासन समितिले अर्थ मन्त्री डा. युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा बादलसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।
समितिको मंगलबार बसेको पहिलो बैठकले दिगो विकाससम्बन्धी कार्ययोजनाबारे जानकारी लिन अर्थमन्त्री खतिवडा र सुशासनको योजनाबारे जानकारी लिने निर्णय गरेको हो ।
राष्ट्रसंघ र संविधानमा व्यवस्था गरिए बमोजिम दिगो विकासका लागि सरकारको कार्ययोजनाबारे जानकारी लिन मन्त्रीहरुलाई बोलाउन लागिएको समितिका जेष्ठ सदस्य दिनानाथ शर्माले जानकारी दिए ।
बैठकमा समितिका सदस्यहरुले राष्ट्रसंघको दिगो विकाससम्बन्धी सूचक र सरकार आफैंले नाएको सूचक अनुसारको कामलाई अघि बढाउन आवश्यक छलफल गर्नु पर्ने धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4