Comments Add Comment

डकर्मीका १२० श्रीमती: सबैका लागि छुट्टै घर !

दुनियाँका मानिसहरुमा फरक फरक खाले रूचि हुन्छन् । थाइल्याण्डका एकजना पुरुषको शौखका बारेमा थाहा पाउनुभयो भने तपाइँ हैरान हुनुहुनेछ ।

ती पुरुष यस्ता हुन्, जसले जुन ठाउँमा गयो सो ठाउँमा कम्तीमा एकजना महिलासँग बिहे गरेकै हुन्छन् । त्यस्तो पुरुषार्थका कारण उनले अहिलेसम्म १ सय २० जना महिलासँग बिहे गरिसकेका छन् ।

ती व्यक्तिको नाम तम्बन प्रेजर्ट हो । पेशाले डकर्मी रहेका यी थाई पुरुषको उमेर ५८ वर्षको भयो ।

उनी घर बनाउनका लागि जहाँ-जहाँ जान्छन् त्यहाँबाट एकजना महिलालाई बिहे गरेर ल्याउँछन् ।

थाइल्याण्डमा कानूनले बहुविवाह गर्न रोक लगाएको छ । तर तम्बनलाई एक पछि अर्को गर्दै बिहे गर्नका लागि कानूनले रोकेन ।

नकोन नायोक प्रान्तका बासिन्दा तम्बनले हरेक महिलासँग बिहे गर्दा आफ्नो पहिलो श्रीमतीको सहमतिमै गर्ने गरेका छन् । उनले आफ्नो हुनेवाला पत्नी र सासु ससुराहरुसँग पनि आफ्नो बिहे भैसकेको बारेमा जानकारी गराउँदछन् ।

उनले जतिपटक बिहे गरे पनि हरेक बिहेमा परम्पराको पूर्ण पालना गर्दछन् । अहिलेसम्म गरेका सबै बिहेमा उनले रीतिरिवाजको पालना गर्ने गरेका छन् ।

उनले १७ वर्षको उमेरमा पहिलो बिहे गरेका थिए । उनकी प्रथम श्रीमती उनीभन्दा २ वर्ष कान्छी थिइन् । पहिलो पत्नीबाट उनका तीन सन्तान पनि छन् ।

आखिर किन यतिधेरै महिलासँग बिहे गरेको ? तम्बनको जवाफ रोचक हुने गरेको छ । उनका अनुसार जब उनले घर बनाउने काम सुरु गरे उनको चिनजान कैयन् केटीहरुसँग हुन थाल्यो । जब कुनै सुन्दर केटीसँग चिनजान हुन्थ्यो तब उनले बिहे गरिहाल्थे ।

रोचक त के भने १ सय २० जना पत्नी हुँदा पनि उनले सबैलाई सम्हालेका छन् । कुनै पनि पत्नीलाई आफ्ना त्यति धेरै सौता भएकोमा गुनासो र विरोध छैन । तम्बनले आफ्नै सबै पत्नीको इच्छा तथा आवश्यकता पूर्ति गरिदिने गरेका छन् । उनले हरेक पत्नीलाई एक एकवटा घर बनाइदिएका छन् ।

उनले सबै पत्नीबाट बच्चा जन्माएका छैनन् । हालसम्म उनका १ सय २० पत्नी भएकोमा बच्चाबच्ची भने जम्मा २८ जनामात्र जन्मिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment