Comments Add Comment

फेसबुकका सक्रिय प्रयोगकर्ता आधाले घटे

पछिल्लो २ वर्षमा फेसबुक साइटमा सक्रिय हुने प्रयोगकर्ताको संख्या झण्डै आधाले घटेको एक अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार प्रतिस्पर्धी सोसल प्लाटर्फम युट्युबप्रति युवापुस्ताको मोह बढ्दै जाँदा फेसबुकप्रतिको मोह भने घटिरहेको देखिएको छ ।

पछिल्लो दुई वर्षको अवधिमा मासिक फेसबुक वेबपेज भिजिट संख्या उल्लेख्य रुपमा घटेको छ । दुईवर्षअघि मासिक फेसबुक वेजपेज भिजिट ८ अर्ब ५० करोड रहेकोमा अहिले त्यो संख्या ४ अर्ब ७० करोडमा झरेको छ ।

मोबाइल एपमार्फत फेसबुक चलाउने प्रयोगकर्ताको संख्या निरन्तर रुपमा बढिरहेको भएपनि यसले फेसबुकका कूल सक्रिय प्रयोगकर्ताको संख्यामा भैरहेको गिरावट थाम्न सकेको छैन ।

बेलायतको मार्केट रिसर्च र्फम सिमिलर वेबले अमेरिकाका टप फाइभ साइटहरुको ट्राफिक अध्ययन गरी यस्तो निष्कर्ष निकालेको हो । कम्पनीले गुगल, फेसबुक, युट्युब, याहु र अमेजनको अध्ययन गरेको थियो ।

अध्ययनको क्रममा अनलाइन प्रयोगको बदलिँदो आकारका साथै ब्राउजिङका पछिल्ला प्रवृत्तिहरु केलाइएको थियो ।

अध्ययन अनुसार गुगलले अहिलेपनि इन्टरनेट ट्राफिकको क्षेत्रमा ठूलो अन्तरसहितको अग्रता कायम गरिरहेको छ । खासगरी सर्च इन्जिनको क्षेत्रमा यसको प्रभुत्वमाथि अरुले खासै चुनौति दिन सकेका छैनन् ।

शोधकर्ताहरुका अनुसार फेसबुकको अवस्था भने सन्तोषजनक छैन । प्रयोगकर्ताहरु फेसबुकप्रति कममात्रै केन्द्रित हुन थालेका छन् । नियमित रुपमा फेसबुक वेबसाइट चलाउनेको संख्या झण्डै आधाले घटेको छ । तथापि फेसबुक एप तथा इन्स्टाग्राम र मेसेन्जर प्रयोगकर्ताको संख्या भने बढेको छ ।

त्यस्तै युट्युबको ट्राफिक र दर्शकको संख्या पनि ह्वात्तै बढेेको छ । पछिल्लो समय युट्युव युवापुस्ताको लागि मनोरञ्जन र सूचनाको प्रमुख श्रोत बन्दै गएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment