Comments Add Comment

सुशील कोइरालाको गीतमा ‘वितेका कुरा’ संझदै विनोद र श्रृष्टी

गायक सुशील कोइरालाको आवाजमा ‘बितेका कुरा’ बोलको गीतको भिडियो रिलिज भएको छ । दिपेन्द्र घिमिरेको शब्द रहेको यो गीतमा एसडी योगीको संगीत छ ।

गीतको शब्द रमाइलो छ । यसले दर्शकलाई झुमाउन सक्छ । यो गीतको भिडियोलाई पनि रोचक बनाइएको छ । निशान काश्यपको निर्देशनमा तयार भएको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका हुन् ।

सुरेन्द्र बसेलको भिडियोमा कोरियोग्राफी छ । भिडियोमा मोडलद्धय विनोद न्यौपाने र श्रृष्टी खड्काले मोडलिङ गरेका छन् । विनोद र श्रृष्टीको डान्स, सुशिलको स्वरले गीत र भिडियोलाई आकर्षक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment