Comments Add Comment

रोहितले ‘ब्रेकअप’ छाड्नुबारे हेमराजको यस्तो स्पष्टिकरण

चलचित्र ‘द ब्रेकअप’ निर्माणका लागि सहकार्य गरेका रोहित अधिकारी र हेमराज वीसीको सहकार्य लामो समय टिकेन । चलचित्रको छायांकन चलिरहादा रोहित र हेमराजविच असमझदारी बढ्यो र रोहितले चलचित्रको निर्माणबाट हात झिके ।

वुझिएअनुसार, अष्ट्रेलियामा चलचित्रको छायांकन चलिरहादा रोहित र हेमराजविच असमझदारी बढेको हो । दुबैविच हात हालाहालकै अवस्था समेत श्रृजना भएको बताइन्छ । तर, सोमबार बेलुकी आयोजना भएको चलचित्रको इन्ड क्ल्याप पार्टीमा भने हेमराजले सहमतीमै चलचित्रबाट रोहितले हात झिकेको बताए । उनले भने-‘काम गर्दै जाादा असमझादरी हुन्छ । मेरो काम गर्ने आफ्नै तरिका छ, रोहितको आफ्नै छ । यसैले समझादारीमै उनले चलचित्र छाडेका हुन् ।’

हेमराजले भित्री रुपमा के असमझदारी थियो, त्यो भने आफूले सबै सामु ल्याउन आवश्यक न ठानेको समेत बताए । रोहित अधिकारीले हेमराजको काम गराइबाट असन्तुष्ट भएर चलचित्र छाडेको खबर मिडियामा आएको थियो । हेमराजले भने त्यो कुरालाई अस्विकार गरे ।

रोहितले चलचित्र छाडेपछि अब यसमा निर्माताको रुपमा हेमराजसागै रुपक थापा, दीपक खतिवडा, रेनु रानाको लगानी रहेको छ । अष्ट्रेलियामा र नेपालमा छायांकन भएको चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के र इच्छा कार्कीको मुख्य भूमिका छ । निर्माताहरुविच मनमुटाव भएपनि आफूहरुको काममा कुनै फरक नपरेको कलाकारले प्रतिक्रिया दिएका थिए । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । पूर्ण रुपमा प्रेम कथामा यो चलचित्र निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment