Comments Add Comment

प्रदिप र साम्राज्ञीः पर्दामा जोडिन नसकेको एक जोडी


चलचित्र ‘छक्का पन्जा २’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक प्रदिप खड्कालाई मुख्य भूमिकामा राखेर यसको निर्माण टिमले काम गर्न चाहन्थ्यो । तर, दुबैसँग कुरा नमिल्दा यी दुई एक सफल चलचित्रमा जोडिन सकेनन् । यतिमात्र होइन, साम्राज्ञी र प्रदिप पनि एकसाथ पर्दामा देखिन पाएनन् ।

चलचित्र ‘भैरवी’मा प्रदिप र साम्राज्ञी दुबैलाई साइन गरिसकेको जानकारी निर्माता सुवास गिरीले दिएका थिए । तर, प्रदिपले १५ लाख र नाफाको १० प्रतिशत लिने गरि सहमती गरे भने साम्राज्ञीले चलचित्र साइन गरेकी छैनन् । प्रदिपले संझौता पश्चात ५ लाख रुपैयाँ निर्माताबाट लिइसकेका छन् । यो चलचित्रमा पनि साम्राज्ञी र प्रदिपको जोडी जोडिन्छ या जोडिदैन पक्का छैन ।

अहिले नायक प्रदिप खड्का आफै चलचित्र ‘लभ स्टेशन’ निर्माणको लागि लागिपरेका छन् । भदौ २२ गते ‘रोजी’ चलचित्र रिलिजपछि प्रदिप यो चलचित्रमा व्यस्त हुनेछन् । यो चलचित्रका लागि २ नायिकाको आवश्यकता छ ।वुझिएअनुसार, यसका निर्माता गोविन्द शाही नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फाइनल गर्न लागिपरेका छन् । तर, अझै कुरा मिलेको छैन । नायिका जसिता गुरुङ भने फाइनल भएको वुझिएको छ ।

यसरी, बारम्बार अवसर आएतापनि साम्राज्ञी र प्रदिपले एकसाथ काम गर्ने मौका भने पाएका छैनन् । दुबैजना एकसाथ काम गर्ने चाहना भने राख्छन् । दर्शकले पनि यो जोडीलाई एकपटक पर्दामा हेर्न चाहेका छन् । हालैमात्र, यी दुइले एक विज्ञापनमा भने काम गरेका छन् । विज्ञापनमा काम गरेतापनि दुइलाई २ घन्टा लामो चलचित्रमा हेर्न चाहने दर्शकको चाहना अधुरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment