Comments Add Comment

सप्तरीमा आतंक मच्चाउने बाँदरः जसलाई समात्न सेना नै आउनुपर्‍यो


२ भदौ, सप्तरी । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको केन्द्रमा आतंक मच्चाउने एक बाँदरलाई नियन्त्रणमा लिन नेपाली सेनाकै सहयोग लिनुपर्‍यो । यहाँसम्म कि यो बाँदरलाई नियन्त्रणमा लिन पछिल्लो तीन दिन यता प्रयास गरिदैं आएको थियो ।

नेपाली सेनाको टोली आएपछि आतंक मच्चाउने बाँदरलाई शनिबार नियन्त्रणमा लिइएको छ । बाँदर आतंकबाट सर्वसाधारणसँगै प्रहरी समेत पीडित बनेपछि तीन दिनदेखि यो बाँदरलाई नियन्त्रणमा लिने प्रयास प्रहरीले गरेको थियो ।

बाँदरले पछिल्लो एक साता यता गरेको आक्रमणबाट एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । आतंक मच्चाउने बाँदरलाई नियन्त्रणमा लिन खोज्दा एक जना प्रहरी जवान समत घाइते भएका छन् ।

बाँदरको आक्रमणबाट हनुमाननगर कंकालनी नगरपालिका ७ हनुमाननगर निवासी सुर्यनारायण दासकी पत्नी आशादेवी, डम्बर दास र अर्की ५० बर्षीया महिला घाइते भएकी छन् ।

आशाको कान र टाउकोमा बाँदरले टोकेर घाइते बनाएका छन् भने डम्बरको टाउको र नाम खुल्न नसकेकी ५० बषर्ीया महिलाको टाउको र हातमा टोकेर बाँदरले घाइते बनाएका हुन् ।

बाँदरलाई नियन्त्रणमा लिन जालमा फसाउँन पुगेका प्रहरी टोलीमाथि समेत उक्त बाँदरले आक्रमण गरेका छन् । बिहीबार राति गएको टोलीमाथि बाँदरले आक्रमण गर्दा प्रहरी जवान बलराम यादव घाइते भएका थिए ।

स्थानीयहरुका अनुसार हनुमाननगर कंकालनी नगरपालिकाको योगिनियाँका अमर दास भन्ने व्यक्ति एक बर्षअघि भारतमा तिर्थ यात्रा गर्न जाँदा उक्त बाँदरलाई ल्याएका थिए । केहि दिन आफ्नै घरमा राखे पनि पछि बाँदर भागेको थियो । सोही बाँदर हनुमाननगरमा आतंक मच्चाइरहेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment