Comments Add Comment

कसरी आयो यत्रो रगत ? समुद्र भयो रात्तै

काठमाडौं । डेनमार्क अधिनस्थ फारो टापुस्थित समुद्र रगतले भरिएको छ । कसरी समुद्रमा त्यति धेरै रगत पोखियो र समुद्रको पानी नै रातो भयो ?

समाचार अनुसार स्थानीय मानिसहरुले समुद्रमा एकैठाउँ जम्मा भएका ठूलो संख्याका ह्वेलमाछा मारेपछि समुद्रको पानी रगताम्य भएको हो ।

फारोस्थित आइल्याण्ड अफ वेगरमा गत जुलाई ३० तारखेमा भएको उक्त घटनाको तस्वीर सार्वजनिक भएको हो । पाइलट ह्वेल प्रजातिको ह्वेलमाछा ठूलो संख्यामा मारिएका छन् ।

उक्त द्विपसमूहमा हरेक वर्ष ह्वेलको सिकारका लागि ठूलो संख्यामा मानिसहरु आउने गर्दछन् । ह्वेलको यस्तो दर्दनाक सिकार फारो टापुमा वैध छ ।

सरकारी नियमअनुसार नै मारिएका दर्जनौँ ह्वेल तथा रगताम्य समुद्रको तस्वीर सोसल मिडियामा सार्वजनिक भएसँगै तीव्र आलोचना भैरहेको छ । जनावर अधिकारकर्मीहरुले त्यसको विरोध गरिरहेका छन् ।

कतिपय संस्थाहरुले फारो टापुलाई अराजक देशको उपमा दिएका छन् । यस्तो क्रूर व्यवहार नरोकिएसम्म फारोलाई अन्तर्राष्ट्रिय खेलकुद लगायतका समारोहहरुमा भाग लिनबाट प्रतिबन्ध लगाउनुपर्ने उनीहरुको माग छ ।

समाचार अनुसार मानिसहरुले एक दिनमै झण्डै एक सय वटा ह्वेल तथा डलफिन मारेका छन् ।

स्मरण रहोस् पाइलट ह्वेलको मासु तथा बोसो फारो टापुमा राष्ट्रिय परिकारकै रुपमा रहेको छ । एउटा ह्वेलबाट सयौँ किलो मासु तथा बोसो प्राप्त हुने भएकाले जनतालाई ह्वेलको मासु पर्याप्त रहेको सरकारले जनाएको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment