Comments Add Comment

इटहरी उपहानगरका नायव सुब्बा घुससहित पक्राउ

३ भदौ, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१० का वडा कार्यालय सचिव नायव सुब्बा घुससहित रंगेहात पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाका आधारमा नायव सुब्बा बिदूर रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

रेग्मीले होटल दर्ता प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीबाट १३ हजार घुस रकम लिएको अख्तियारले विज्ञप्ति निकाली जानकारी दिएको छ ।

उनलाई घुस लिएको अवस्थामा उपहानगरको वडा नं. ६ को रोज रक मम घर होटलबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment