Comments Add Comment

एग्युरोको हृयाट्रिकसँगै सिटीको शानदार जित

३ भदौ, काठमाडौं । सर्जियो एग्युरोको हृयाट्रिकसँगै म्यानचेष्टर सिटीले हडर्सफिल्डमाथि शानदार जित हात पारेको छ ।
आइतबार भएको खेलमा सिटीले हडर्सफिल्ड टाउनमाथि ६-१ गोल अन्तरको जित हात पारेको हो ।

इत्तोहाद स्टेडियममा भएको खेलमा सिटीले २५ औं मिनेटमा एग्युरोको गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा गाबि्रयल जेसिसले गोल गरे । चार मिनेटपछि नै एग्युरोले दोस्रो गोल गरे । तर, ४३ औं स्टन्कोविकले हडर्सफिल्डका लागि गोल गरे र पहिलो हाफ ३-१ मा सकियो ।

दोस्रो हाफमा पनि सिटी हावी भयो । सुरुमा नै डेभिड सिल्भाले गोल गरे । खेलको ७५ औं मिनेटमा एग्युरोले हृयाट्रिक पुरा गरे ।

८४ औं मिनेटमा कोङ्गोलोले आत्मघाती गोल गरेपछि म्यानचेष्टर सिटी ६-१ गोल अन्तरले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment