Comments Add Comment

उत्तेजित भीडले जब निर्वस्त्र बनाएर महिलालाई शहर घुमायो


बलत्कारीलाई फाँसीको सजाय माग गर्दै नेपालमा अर्धनग्न प्रदर्शन भइरहेका बेला भारतमा हत्या आरोपमा एक महिलालाई नांगै शहर घुमाइएको घटना बाहिरिएकाे छ ।

बिहारको भोजपुर जिल्लास्थित बिहिया शहरमा उत्तेजक समूहले १९ वर्षीय युवकको हत्यामा संलग्न भएको शंका गरिएकी महिलालाई नियन्त्रणमा लिएर निर्वस्त्र घुमाएको हो ।

बीबीसीका अनुसार उग्र भीडले शुरुमा केही घर तथा गाडीमा आगजनी गरेकाे थियाे । भीड कतिसम्म आक्रोसित थियो भने त्यसपछि ती महिलाको घरतरि लाग्यो ।  भीडले ती महिलालाई घरबाटै जबरजस्ती बाहिर निकाल्यो र कुटपिट गरेर निर्वस्त्र पारिदियो ।

निर्वस्त्र पारिदिँदा पनि भीडको रिस साम्य भएन, उनीहरुले ती महिलालाई यही अवस्थामा शहर घुमाए ।

ती महिलाको पहिचान भने खुलाइएको छैन ।

प्रहरीले ती महिलालाई ठूलै संघर्ष गरेर छुटाउन परेको थियो । अहिले यो घटनाको भीडीयो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

समाचार अनुसार यति ठूलो अप्रिय घटना हुँदासमेत काबुमा राख्न नसकेकाे भन्दै केही प्रहरी निलम्बित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment