Comments Add Comment

पीएसजीको जितमा काभानी, एम्बापे र नेइमारको गोल

१० भदौ, काठमाडौं । प्रभावशाली ट्रिओ इडिन्सन काभानी, केलियन एम्बाप्पे र नेइमारले गोल गर्दा पेरिस सेन्ट जर्मेनले एन्जर्समाथि सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा लिग वान च्याम्पियन पीएसजीले एन्जर्समाथि ३-१ को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीले १२ औं मिनेटमा काभानीको गोलबाट अग्रता लिएको थियो । तर, २१ औं मिनेटमा एन्जर्सले पेनाल्टी पायो, जसमा मन्गानीले गोल गरे ।

दोस्रो हाफमा पीएसजी हावी भयो । उसका लागि ५१ औं मिनेटमा एम्बाप्पेले गोल गरे । खेलको ६६ औं मिनेटमा नेइमारले गोल गरेपछि पीएजीको जित सुनिश्चित भयो ।

काभानीले विश्वकपका क्रममा लागेको चोटका कारण पीएसजीको सुरुवाति दुई खेल गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment