Comments Add Comment

ऊर्जामन्त्री पुन अबदेखि विद्युतीय गाडी चढ्ने

१० भदौ, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले विद्युतीय गाडीको प्रयोग सुरु गरेका छन् । ऊर्जामन्त्रीको रुपमा कार्यभार सम्हाले लगत्तै उनले स्वेतपत्रमार्फत विद्युतीय सवारी साधनहरुको उपयोग वृद्धि गर्ने योजना ल्याएका थिए ।

त्यसअनुसार विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्न मन्त्री अनन्त आफैं विद्युतीय सवारी चढ्न सुरु गरेका हुन् ।

विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गर्न मन्त्रालयले आवश्यक नीतिगत व्यवस्था तथा चार्जिङ स्टेशन लगायतका पूर्वाधार निर्माणको कार्ययोजना तयार गर्ने बताएको छ । यसमा निजी क्षेत्रलाई समेत सहभागी गराउने लक्ष्य सरकारको छ ।

केही दिनअघि राष्ट्रपति निवासले पनि विद्युतीय सवारी पाएको छ । नेपाल विद्युत प्राधिकरणले पनि आफू मातहतको इन्जिनियरिङ कम्पनीमा विद्युतीय गाडी किनेर प्रयोगमा ल्याएको छ ।

सर्वसाधारण नागरिकलाई पनि विद्युतीय सवारीमा आकर्षित गर्न सरकारले पनि विद्युतीय सवारीमा जोड दिन थालेको छ । विद्युतीय सवारीले तेलको खपत घटाउनुका साथै प्रदुषण नियन्त्रणमा सघाउन पुर्‍याउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment