Comments Add Comment

खिम्तीको बाढीले रामेछापवासीलाई सास्ती

१२ भदौ, रामेछाप । एक वर्षअघि छतिउने खोलामा बाढी पहिरोसँगै उर्लिएको खिम्ती नदीले ५ जनाको ज्यान लियो । चार जनाको शव भेटियो, एकजना अझैसम्म वेपत्ता छन् ।

त्यतिले मात्र पुगेन छतिउने खोलाले एउटा पक्कि पुलनै बगाइदियो । अनि खिम्ती, फर्पु हुँदै रामेछापको उत्तरी भेगतर्फ जाने खिम्ति खोला किनारको सडक पनि बगायो ।

गतसालको खिम्तीको ताण्डवलाई चिर्दै रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका अध्यक्षहरु एकहप्तासम्म अहोरात्र खटेर खिम्ती किनारमा सडक बनाएका थिए । सोही सडक हुँदै सरदरमुकाम र राजधानीबाट गाउँसम्म आउजाउ गर्ने सर्वसाधारणलाई यस वर्ष फेरि खिम्तीले त्यस्तै बनाइदिएको छ ।

खिम्ती र छतिउने खोलामा आएको बाढीले खिम्ती खोला किनारमा सडक कटान गरेपछि एक हप्तादेखि सडक अवरुद्ध छ । सडक अवरुद्ध भएपछि रामेछापका उत्तरी भेगका २ वटा गाउँपालिकाहरु उमाकुण्ड र गोकुलगंगाको सदरमुकाम मन्थलीसँगको सोझो सम्पर्क टुटेको छ ।

नेपालीहरुको चाडबाडहरु तीज, दशैँ लगायकता चाड नजिकएको बेला सडक बगाउँदा गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा आउजाउ जर्ने सर्वसाधारणलाई सास्ति भएको छ ।

विग्रिएको सडक मर्मतको लागि शनिबार खिम्तिबाट डोजर लगिएको भए पनि सो डोजरलाईसमेत खिम्ती खोलाले बगाएर डोजर पल्टिएपछि निर्माण कार्य रोकिएको छ । सो सकडको थप मर्मत कार्य अघि बढ्न नसकेको स्थानीय पुरुषोत्तम कँडरियाले जानकारी दिए ।

सडक मर्मतको लागि लिखु तामाकोसी गाउँपालिकाको खम्ति र गोकुलगंगाको र्फपूले खर्च व्यहोर्ने गरी डोजर लगिएको थियो । अहिले खोलाले बगाएको डोजर खिम्ति खोलाको भेलमा नै छ । खोलाबाट डोजर निकाल्न सकिएको छैन ।

बाटो बन्द हुँदा, र्फपू, नामाडी ,बेताली, रस्नालु, ठोसे, चुचुरे, बाम्ती, पि्रति लगायतका स्थानमा जाने यातायात सेवा रोकिएको छ । ती स्थानमा जाने सर्वसाधारणहरु अहिले दोलखाको जिरी हुँदै सदरमुकाम र काठमाडौँ तथा तराईसमम आउजाउ गरिरहेका छन् ।

खोलाले सडक मात्र हैन पैदल यात्रा गर्ने ठाउँसमेत राखेको छैन । खोलो ढेप्पिएर पहारोमा पुगेपछि पैदलयात्रीहरुलाई हिँड्न समेत जोखिम भएको तामाकोसी मावि खिम्तिका शिक्षक गणेश दाहालले बताए।

‘खोला किनारमा पैदल हिँड्ने ठाउँ समेत छैन । जसले गर्दा सो क्षेत्रबाट विद्यालय आउने विद्यार्थीहरु समेत विद्यालय आउन सकेका छैन् । बाटै छैन कसरी जोखिम मोलेर आउ भन्ने ।’ दाहालले भने ।

खोलाले सडकसँग सिंचाइको कुलोसमेत भत्काई दिएको छ । जसले गर्दा खिम्ति फाँटका किसानहरुलाई धान खेतमा पानी लाउनसमेत समस्या भएको छ । यसको साथै खोलाले खिम्ती फाँटको कटान पनि तीब्र बनाएको छ । यदी यस्तै रहने हो भने खिम्ति फाँटमा नै खिम्ती खोला पस्ने डर बढेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment