Comments Add Comment

महोत्तरीको जलेश्वरमा विद्यालय गएका बालक बेपत्ता

१२ भदै, बर्दिबास । महोत्तरीको जलेश्वर नगरपालिकाबाट एकजना बालक बेपत्ता भएका छन् ।

धनुषाको नगराइन नगरपालिका–२ का १४ वर्षीय हेमन्तकुमार चौधरी स्कुल जाने क्रममा जाँदै गरेको ती बालक बाटोबाटै बेेेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकौलीस्थित दामोदर एकेडेमीमा पढ्न जाने क्रममा सोमबार जलेश्वरको मटिहानी चोकबाट उनी वेपता भएको प्रहरीले जनाएको छ। बेपता भएका चौधरीको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

 महोत्तरीको औरहीबाट अपहरण भएकी ८ महिने शिशु (बालिका)को सोमबार हत्या भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment