Comments Add Comment

एसियाली खेलकुदमा प्याराग्लाइडिङले देखायो पदकको सम्भावना

१२ भदौ, काठमाडौं । नेपाल १८ औं एसियाली खेलकुदमा पदकविहीन हुनुपर्ने हो कि भन्ने डर बढीरहेका बेला नयाँ खेलबाट पदक भित्रिने आश बढेको छ ।

प्याराग्लाइडिङ क्रस कन्ट्री इभेन्टमा नेपाली टोलीको प्रदर्शन राम्रो भइरहेको छ । चौथो चरणको खेल सकिँदा नेपाली टोली जापानपछि दोस्रो स्थानमा रहेको छ । पाँच चरणको खेलमा अब अन्तिम चरण बाँकी छ । अन्तिम चरणको खेल बुधबार हुनेछ ।

नेपाल पहिलो चरणमा तेस्रो स्थानमा रहेको थियो । दोस्रो चरणमा पनि तेस्रो स्थानमा नै रहेको नेपाल तेस्रो चरणमा चौथो स्थानमा पुगेको थियो ।

चौथो चरण सकिँदा नेपाल दोस्रो स्थानमा आइपुगेपछि पदकको आश बढेको हो । अहिले नेपाल भन्दा पछि तेस्रो स्थानमा दक्षिण कोरिया र चौथो स्थानमा इन्डोनेसिया रहेको छ । पाँचौ स्थानमा मलेसिया रहेको छ ।

पदकको आश गरिएको तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा कमजोर बनेको नेपालको पदक खडेरी प्याराग्लाइडिङले बचाउने देखिएको हो ।

क्रस कन्टि्र इभेन्टमा खेलिरहेका नेपाली टोलीमा बिमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं र सुशील गुरुङ २४ औं भएका थिए । यस्तै मेन्स टिम एक्युरेसीमा नेपाल आठौं भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment