Comments Add Comment

शहरभित्रै गाउँको फ्लेवरः जैविक खान्की, तिख्खर स्वाद

काठमाडौंको भिडभाड छल्दै कपन पुग्नुपर्छ, तपाईंलाई आफ्नै गाउँ-गोठ पुगेको अनुभूत हुनेछ । त्यहाँ तपाईं घरको सिकुवामा सुस्ताउन सक्नुहुनेछ, खेतबारीमा घुमफिर गर्न सक्नुहुनेछ, गाई दुहुन सक्नुहुनेछ, करेसाबारीको साग-सब्जी टिपेर पकाउन सक्नुहुनेछ । त्यती मात्र होइन, तपाईंले रेष्टुरेन्टको मेनु अनुसार मिठो-मसिनो खान पाउनुहुनेछ । अघिल्तिरको फाँटमा लहराई रहेको हरिया धानबारी हेरेर चिसो पेय घुट्काउन सक्नुहुनेछ । याक्सा घरमा बसेर साथीभाईसँग भलाकुसारी गर्दै मदिराको स्वाद लिन सक्नुहुनेछ ।

यो रेष्टुरेन्ट हो । तर, रेष्टुरेन्ट मात्र होइन । खुला बगैंचा पनि हो । करेसाबारी हो । तपाईं कसरी रमाउनुहुन्छ ? के खानुहुन्छ ? सबै आफ्नो मर्जी अनुरुप गर्न पाउनुहुनेछ ।

स्वागत छ, अग्र्यानिक फार्म हाउस एन्ड रेष्ट्रोमा ।

यहाँसम्म पुग्नका लागि तपाईसँग दुईवटा बाटा छन् । पहिलो, गोपिकृष्ण हल अघिल्तिरबाट कपनतर्फ लाग्नुपर्छ । दोस्रो, सुकेधाराबाट । काठमाडौंबासीलाई थाहा नै हुनुपर्छ, कपन क्षेत्रमा अहिले बाटोको समस्या छ । त्यसैले अग्र्यानिक फार्म हाउस एन्ड रेष्ट्रोसम्मको यात्रा तय गर्दा पनि बाटोले केही सास्ती दिनसक्छ । तर, जब तपाई उक्त फार्म हाउस एन्ड रेष्ट्रोको प्राङ्गण टेक्नुहुनेछ, अघिका सबै दुख भुल्नुहुनेछ । किनभने त्यहाँको ग्रामिण परिवेशले तपाईंलाई शहर भन्दा धेरै टाढा रहेको अनुभूत गराउनेछ । र, त्यो अनुभूति तपाईंले दशैं वा चाडपर्वमा घर र्फकदा मात्र गर्नुहुन्थ्यो ।

किन जाने ?

खानेकुरा खानकै लागि त काठमाडौंमा थरीथरीका रेष्टुरेन्ट छन्, जहाँको भान्सामा चीनको बेइजिङ डगदेखि थाइल्यान्डको तोमयाम सुपसम्म तयार हुन्छ । जापानी सुशीदेखि इटालियन पिज्जासम्म पाक्छ । विश्वभरका प्रशिद्ध खान्की शहरमै पाइन्छ । त्यसो भए शहरको रेष्टुरेन्ट चाहर्न छाडेर किन पुग्ने कपनको थुम्कोसम्म ?

किनभने, त्यहाँ तपाई ग्रामिण परिवेशमा रमाउन पाउनुहुनेछ ।

किनभने, त्यहाँ तपाईंले आफ्नै हातले टिपेका ताजा सागसब्जीको परिकार खान पाउनुहुनेछ ।

किनभने, त्यहाँ तपाईंले विशुद्ध अग्र्यानिक खान्कीको स्वाद लिन पाउनुहुनेछ । किनभने, त्यहाँ तपाईं पारिवारिक माहौलमा स्वतन्त्र रमाउन पाउनुहुनेछ ।

किनभने, त्यहाँ तपाईले लोकल मदिरादेखि लोकल कुखुरासम्मको तिख्खर स्वाद लिन पाउनुहुनेछ ।

किभने, त्यहाँ तपाईंले शहरको भिडभाड, कोलाहालबाट उन्मुक्तिको सास फेर्न पाउनुहुनेछ ।

फरक स्वाद, फरक परिवेश

कपनको यो अग्र्यानिक फार्म हाउस एन्ड रेष्ट्रोको आवरण गजब छ । करिव २५ रोपनी जग्गामा फैलिएको यहाँ खेतबारी छ, गाई गोठ छ, तरकारी खेती छ, फलफूल छ । यहाँबाट तपाईंले काठमाडौंको दृश्य फराकिलो फ्रेममा नियाल्न सक्नहुनेछ ।

थुम्का-थुम्कामा छुटाछुटै सुस्ताउने व्यवस्था छ । कुनैलाई याक्साको नाम दिइएको छ त कुनैलाई मितेरी घरको । तपाईंको मर्जी अनुसार जहाँ पनि बस्न सक्नुहुनेछ । तपाईंले जहाँ बसेर पनि त्यहाँको मेनु अनुसार अनेकन खानेकुरा मगाउन सक्नुहुनेछ ।

खासगरी बालबालिकासहित, भनौं परिवारसहित रमाइलो गर्न यो निकै उपयोगी थलो हुनसक्छ । यहाँ बालबच्चा खेल्न, उफ्रन  सक्छन् । उनीहरुलाई कुनै रोकटोक हुनेछैन ।

यहाँ तपाईंले लोकल कुखुराको मासु खान सक्नुहुनेछ, लोकल खसीको मासु खान सक्नुहुनेछ । त्यहीको खेतमा उत्पादन भएको अग्र्यानिक धानको खाना खान सक्नुहुनेछ । करेसाबारीबाट गोलभेंडा वा अन्य सागसब्जी टिपेर खान सकिनेछ । यस्तो विशेषता तपाईंले शहरका रेष्टुराँमा सायदै पाउनुहुनेछ ।

अध्ययन केन्द्र जस्तै

 

त्यसो त बालबालिका, जो ग्रामिण परिवेशमा भिज्न पाएका छैनन्, उनीहरुले नयाँ अनुभूत गर्न पाउँछन् । यहाँका बालीनाली, पशुपालन आदिको प्रत्यक्ष अवलोकन गर्न पाउँछन् ।

यसका संचालक हुन्, संगम शेर्पा । लामो समय ट्रेकिङ कर्ममा उकाली ओराली गरेका उनले फरक अवधारणामा यो रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । उनी आफै परमा कल्चरमा स्नतक हुन् । उनले यही कल्चर अनुसार रेष्टुरेन्ट एवं फार्म हाउसको व्यवस्थापन गरेका छन् ।

परमा कल्चर, जसले कुनैपनि कुरालाई सही व्यवस्थापन गर्ने पद्धती सिकाउँछ । खासगरी रैथाने सामाग्रीलाई कतिपनि खेरो जान नदिई व्यवस्थापन गरेर उचित किसिमको संरचना निर्माण गर्ने विधी यसले सिकाउँछ । हो, यही विधी अवलोकनको लागि पनि तपाईं अग्र्यानिक फार्म हाउस एन्ड रेष्ट्रो पुग्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment