Comments Add Comment

आइपुगिन् बंगलादेशी प्रधानमन्त्री शेख हसिना, रक्षामन्त्रीद्वारा स्वागत

१४ भदौ, काठमाडौं । आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागिताका लागि बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छन् । हसिना केहीबेर अघि मात्रै काठमाडौं आइपुगेकी हुन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका थिए ।

हसिनाको स्वागतका लागि रक्षामन्त्री ईश्वर पोखरेलसँगै परराष्ट्र मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका थिए । सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारतसमेत अर्पण गरेको थियो ।

हसिना विमानस्थलबाट सम्मेलनस्थल सोल्टी होटल जाने कार्यक्रम छ । त्यहाँ उनले नेपाली समकक्षी केपी शर्मा अाेलीसँग भेटवार्ता गर्नेछिन् ।

अब बिम्स्टेक राष्ट्रका ७ मध्ये थाइल्यान्डका प्रधानमन्त्री मात्रै आउन बाँकी छ । उनी अबको केहीबेरमा काठमाडौं अवतरण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment