Comments Add Comment

आगामी २५ गते स्वदेशी लघुवित्तको बुक क्लोज

१४ भदौं, काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले भदौ २५ गते बुक क्लोज गर्ने भएको छ । स्वदेशीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि भदौ २५ गते एक दिन बुक क्लोज गर्ने नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको हो ।

कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । उक्त हकप्रद शेयरमा आवेदन दिनका लागि भदौ २४ गतेसम्म कायम शेयरधनी मात्रै योग्य हुनेछन् । कम्पनीले ११ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment