+
+

कालिका लघुवित्तद्वारा मृतक कर्मचारीका परिवारलाई ७ लाख सहयोग

श्रीमतीलाई जागिर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ५ गते १८:३७

५ चैत, काठमाडौं । स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमटेडले मृतक कर्मचारीको परिवारलाई सात लाख सहयोग गरेको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका ६ स्थायी बसोबास भई बैंकको रुपन्देही जिल्लाको जोगीकुटी शाखामा शाखा प्रबन्धकको रुपमा कार्यरत रामजीत राईकी श्रमिती ज्ञानकुमारी राईलाई संस्थाका अध्यक्ष कृष्ण खाँणले सात लाखको चेक हस्तान्तरण गरेको हो ।

संस्थामा कार्यरत कर्मचारीलाई आपत विपत तथा घटनामा परी ज्यान गुमाएर आर्थिक सहयोग गरेको पहिलो पटक भएको संस्थाले जनाएको छ ।

‘जोगीकुटी शाखामा शाखा प्रबन्धककोरुपमा कार्यरत रहेको दुई महिनामै घरबाट कार्यालय आउने क्रममा पूर्व पश्चिम राजमार्गको बर्दघाटमा सवारी दुर्घटनामा परी निधन भएको थियो’ संस्थाका अध्यक्ष खाँणले भने, ‘संस्थाले एक ईमान्दार र कर्तब्यनिष्ठ कर्मचारी गुमाउँदा क्षति पुगेको छ भने घर परिवारलाई झनै ठुलो क्षति अनि पीडा थपिएकोले राहतस्वरुप घर परिवारलाई आर्थिक सहयोग गरेका हौं ।’

संस्थालाई बलियो बनाउने कर्मचारीको कामले नै हो उहाँहरुको मनोबल उच्च राखेर काम गर्न सकियो भने संस्था बलियो हुन्छ भने संस्थामा काम गर्ने कर्मचारीहरु एउटै परिवारका सदस्य भएको महशुस गर्दै संस्थाको दायित्व र कर्तब्य सम्झेर राहतस्वरुप आर्थिक सहयोग गरेको अध्यक्ष खाँणले बताए ।

संस्थाको गत फागुन १८ गते बसेको १६६ औं बैठकले मृतकको परिवारलाई सात लाख राहतस्वरुप रकम प्रदान गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

मृतक राईको परिवारलाई यस अघि पनि संस्थामा कार्यरत कर्मचारीहरुले आर्थिक संकलन गरी एक लाख ७५ हजार सहयोग प्रदान गरिएको संस्थाका कार्यकारी अधिकृत मीन बोहोराले बताए ।

‘संस्थाको सञ्चालक समितिको बैठकले मृतककी श्रीमतीलाई कर्मचारीका रुपमा नियुक्ती दिएका छौं’ कार्यकारी अधिकृत बोहोराले भने, ‘उहाँले अब चितवनको भण्डारा शाखामा कर्मचारीकोरुपमा काम थाल्नुहुनेछ ।’

‘यसअघि कुनैपनि कर्मचारीलाई यसरी संस्थामार्फत सहयोग प्रदान गर्ने नीति बनेको रहेनछ’ मृतककी राईले भनिन्, ‘संस्थाले राहतस्वरुप ठुलो रकम हाम्रो परिवारलाई उपलब्ध गराएको छ भने रोजगारीको अवसर पनि प्रदान गर्नुभएको छ जसप्रति धेरै आभारी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?