+
+
Shares

नगरपालिका संघको अध्यक्षमा पुनः ब्याञ्जु, को-को निर्वाचित भए ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १५ गते ११:३१

१५ भदौ, काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा पुनः अशोककुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको छैठौं राष्ट्रिय सम्मेलनबाट ब्याञ्जु पुनः अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । ब्याञ्जु धुलिखेल नगरपालिकाका मेयर हुन् ।

संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना निर्वाचित भएकी छन् भने महासचिवमा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना चयन भएका छन् ।

यस्तै उपमहासचिवमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, कोषाध्यक्षमा  तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडाैं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी निर्वाचित भएका छन् ।

सम्मेलनबाट ३९ सदस्यीय नयाँ समिति चयन भएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?