Comments Add Comment

उपाधि नजिते पनि महान प्रशिक्षक हुँः माउरिन्हो

१५ भदौ, काठमाडौं । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आफू विश्वकै महान प्रशिक्षक मध्ये एक भएको बताएका छन् । यसका लागि प्रिमियर लिग जित्नु नपर्ने उनको तर्क छ ।

युनाइटेडले यो सिजन लिगको तीन मध्ये दुई खेल हारेको छ र सन् १९९२-२३ पछिकै खराब सुरुवात हो ।

यसलाई लिएर माउरिन्होको आलोचना समेत भएको छ । तर, उनले भने आफू इटली, स्पेन र इंग्ल्याण्डमा जित्ने एक्लो म्यानेजर भएको बताए ।

गत सिजन लिगको दोस्रो स्थानमा रहनु ठूलो उपलब्धी भएको माउरिन्होले बताए । ‘म विश्वकै महान मध्येको एक क्लबको म्यानेजर हुँ । तर, म विश्वकै महान प्रशिक्षक मध्ये एक पनि हुँ’ उनले भनेका छन् ।

यदि युनाइटेडले उपाधि जितेन भने पनि महान प्रशिक्षक रहनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अवश्य ।’

‘तपाईले दार्शनिक हेगेललाई पढ्नु भएको छैन ?’ माउरिन्होले भने, ‘सत्य पूर्ण छ ।’

‘तपाईले यही प्रश्न गत सिजन प्रिमियर लिगमा तेस्रो भएको क्लबको म्यानेजरलाई सोध्नुभयो ? अथवा चौथो वा पाँचौं म्यानेजरलाई ?’

आफूले चेल्सीबाट तीन पटक प्रिमियर लिगको उपाधि जितेका माउरिन्होले भने, ‘मैले आठ उपाधि जितेको छु । इटली, स्पेन र इंग्ल्याण्डमा जित्ने एक्लो म्यानेजर हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment