Comments Add Comment

भारतीय विदेश सचिव नेपाल आउँदै

८ चैत, काठमाडौं । लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही मार्च २८ अर्थात् चैत १४ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन हुँदैछ ।

नेपाल बसाइको क्रममा गोखलेले नेपाली अधिकारीहरुसँग भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयका एक अधिकारीले गोखले नेपाल भ्रमणमा आउन लागेको पुष्टि गर्दै भने, ‘भारतीय विदेश सचिवको भ्रमणको क्रममा भारतीय सहयोगमा नेपालमा सन्चालित कार्यक्रम, द्विपक्षीय हितका साथै नेपाल-भारतको उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिको प्रगतिबारे छलफल हुन्छ ।’

भारत र पाकिस्तानबीच हवाई आक्रमणबाट तनावको स्थिति सिर्जना भएपछि भारतीय अधिकारीबाट नेपालको भ्रमण हुन लागेको पहिलो पटक हो । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्टमन्त्री प्रदीप ज्ञवाली र अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment