+
+

‘स्टारले मेकरले दिन सक्ने पारिश्रमिक डिमाण्ड गर्न आवश्यक छः सुदर्शन थापा

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १२:३५

सुदर्शन थापा लभ स्टोरी चलचित्रमा सफल निर्देशकको रुपमा चिनिन्छन् । उनले निर्देशन गरेका ‘मेरो एउटा साथी छ देखि म यस्तो गीत गाउँछु’ सम्मका चलचित्रले चर्चा मात्र पाएनन् बक्स अफिसमा राम्रो कमाई पनि गरे ।

९ वटा चलचित्र निर्देशन गरिसक्दा उनले आफ्ना चलचित्रबाट स्टार नायक जन्माएका पनि छन् । नायक आर्यन सिग्देलदेखि प्रदिप खड्का हुँदै पल शाहसम्म आइपुग्दा उनले चलचित्र क्षेत्रमा स्टार नायकलाई जन्म दिए । उनी, प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रामकहानी’बाट नायक आकाश श्रेष्ठ पनि स्टार बन्नेमा विश्वस्त छन् ।

तर, सुदर्शन आकाशलाई स्टार भएपछि पनि नेपाली चलचित्रका मेकर र चलचित्र क्षेत्रले धान्न नसक्ने पारिश्रमिक डिमाण्ड नगर्न सुझाव दिन्छन् । सुदर्शनले भने-‘पारिश्रमिक चलचित्र बनाउने मेकरले दिन सक्ने र आफूलाई एउटा लेभलमा राख्न सक्ने डिमाण्ड गर्न आवश्यक छ । एउटा हिरोलाई ५० लाख दिएर म चलचित्र बनाउन सक्दिनँ । किनकी, हाम्रो बजार त्यती ठूलो छैन ।’

उनले नायक राजेश हमालको उदाहरण दिदै भने-‘राजेश दाइले चलचित्र क्षेत्रलाई वुझ्नुभयो र त्यही अनुसारको पारिश्रमिक लिनुभयो । आज पनि कोहीले उहाँलाई चलचित्रमा अफर गर्‍यो भने त्यती पारिश्रमिक दिन गाह्रो पर्दैन । एउटा हिरोलाई ५० लाख दिएर निर्माताले के चलचित्र बनाउने ? पहिले चलचित्र क्षेत्रलाई अगाडि बढ्न दिनुपर्छ ।’

चलचित्र क्षेत्र बाच्यो भने मात्र आफू बाच्छु भनेर हरेक मानिसले सोच्न आवश्यक रहेको सुदर्शनले बताए । सुदर्शन आफूले ५० लाख डिमाण्ड गर्ने हिरोहरुलाई राम्रो भूमिका दिन सक्ने तर यति महंगो पारिश्रमिक दिन नसक्ने बताए ।

रामकहानी किन हेर्ने ?
चलचित्र ‘रामकहानी’ किन हेर्ने भन्ने प्रश्नमा पनि सुदर्शनले तार्किक जवाफ दिएका छन् । उनले भने-‘जब कोही व्यक्तिले रामकहानी हेर्न आफ्ना साथीभाई, आफन्त, परिवारलाई लिएर हलसम्म जानुहुन्छ । चलचित्र हेरिसकेपछि उहाँहरुले चलचित्र हेराउन लैजाने व्यक्तिलाई राम्रो चलचित्र हेराइस् भनेर धन्यवाद दिनुहुन्छ ।’ भदौ २२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई पौराणिक कथामा आधारित रहेर तयार पारिएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?