Comments Add Comment

सकियो एलजीको डिलर्स समिट

१८ भदौ, काठमाडौं । ईलेक्ट्रोनिक्स ब्राण्ड एलजीले आफ्ना डिलरहरुको भेला गराएको छ । शनिबार र आईतबार चितवनको सौराहामा भएको डिलर्स समिटमा करिब १७० जना डिलरहरुको सहभागी थियो । उक्त समारोहमा, बिभिन्न विधामा डिलरहरुलाई पुरस्कार सहित सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा एलजीका बिभिन्न नयाँ टेक्नोलोजीका सामानहरु प्रदर्शन गर्नुका साथै भावी योजनाबारे पनि छलफल भएको थियो ।  कार्यक्रममा सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्भाना चौधरी र सिजी ईलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी सबूको पनि सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment