Comments Add Comment

ग्लोबल आइएमई बैंकको नयाँ शाखा अत्तरियामा

८ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कैलालीको अत्तरियामा शाखा स्थापना गरेको छ । बैंकले अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पुर्‍याउने उद्देश्य शाखा विस्तार गरिएको जनाएको छ ।

नयाँ शाखाको पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य लेखराज भट्टले उद्घाटन गरे । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फतआˆना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment