Comments Add Comment

अनमोल भन्छन्-‘संख्या भन्दा गुणस्तरमा ध्यान दिन्छु’

यूवा जमातमा लोकप्रियता हासिल गरेका नायक अनमोल केसीको माग विज्ञापनको दुनियाँमा पनि खुबै छ । अनमोल केसीलाई आफ्नो प्रोडक्टको सद्भावना राजदुत बनाउनका लागि विभिन्न कम्पनीहरु इच्छुक छन् । तर, अनमोलले कमै मात्र विज्ञापनमा काम गरेका छन् ।
उनै, अनमोललाई चाडै नै बजारमा आउन लागेको एक मोबाइलको सद्भावना राजदुतमा नियुक्त गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अनमोललाई सद्भावना राजदुत नियुक्त गरिएको हो ।

चीनमा सफल मानिएको आइमार्स मोबाइलको सद्भावना राजदुतका रुपमा नायक अनमोल केसी १ बर्षका लागि नियुक्त भएका छन् । उनलाई महंगो पारिश्रमिकमा यो प्रोडक्टको प्रमोशनमा आवद्ध गरिएको वुझिएको छ । नायक केसीले आफूले निकै राम्रो पारिश्रमिक लिएको जानकारी दिदै रकम भने उल्लेख गर्न नमिल्ने बताए ।

अनमोलले भने-‘तपाइहरुलाई थाहा नै छ, म संख्या भन्दा पनि गुणस्तरमा बढी ध्यान दिन्छु । यसैले, मैले यो मोबाइलका लागि बान्ड एम्ब्यासडर बन्नका लागि प्रस्ताव आएपछि पहिले मोबाइल प्रयोग गरेँ । यो नामको ल्यापटप प्रयोग गरेँ । सबै कुरा राम्रो लागेपछि म यसको प्रमोशन गर्नका लािग तयार भएको हुँ ।’

अनमोलको लोकपि्रयता यूवाहरुमाझ सबैभन्दा बढी रहेका कारण उनलाई छनोट गरिएको कम्पनीले जनाएको छ । यो मोबाइलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ओपल मल्टिनेशनल प्रालि रहेको छ । नेपालमा आइमार्स कम्पनीको मोबाइल, टीभी, ल्यापटम दशैं अगाडि लन्च हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment