Comments Add Comment

दुई किलो नक्कली सुनसहित ६ जना पक्राउ

१९ भदौ, काठमाडौं । महागनरीय प्रहरी परिसर, काठमाडौंले २ किलो नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ घर भइ कोटेश्वर बस्दै आएका अभिषेक तामाङ, नुवाकोटका राम तामाङ, धादिङका राज तामाङ, नुवाकोट घर भइ सोह्रखुट्टे बस्दै आएका जितेन तामाङ, नेपालटार बस्दै आएका विरेन्द्र तामाङ र धादिङकै राजकुमार तामाङ छन् ।

उनीहरुलाई प्रहरीले नागढुंगामा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ । परिसरका प्रवक्ता रामदत्त जोशी नक्कली सुनलाई सक्कली भनेर विक्री वितरण भइरहेको सूचनाको आधार ६ जनालाई पक्राउ गरिएको बताउँछन् ।

थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment