Comments Add Comment

अमेरिका र बेलायतपछि पूनमको डिजाइन फ्रान्समा

फेसन डिजाइनमा छुट्टै छाप छोड्न सफल निर्मात्री पूनम गौतमले आफ्ना डिजाइनका पहिरनमा फ्रान्सको पेरिसमा १२ अन्तरराष्ट्रिय मोडललाई र्‍याम्पमा उतार्ने तयारी गरेकी छिन् । बेलायत र अमेरिकापछि पूनम फ्रान्समा आफ्ना डिजाइनका साथ प्रस्तुत हुन लागेकी हुन् ।

एसएम ग्लोबलले सेप्टेम्बर १२ मा आयोजना गर्न लागेको ‘क्याटवक पेरिस रिभोल्युसन’मा पुनमले पश्चिमा पहिरनमा नेपाली पहिरनको फ्युजन गराएर मोडलमार्फत आफ्ना पहिरन प्रदर्शन गर्नेछिन् ।

‘न्यूर्योक र लण्डनमा नेपाली संस्कृति झल्काउने पहिरनलाई मोडलमार्फत प्रदर्शन गरेको थिएँ । पेरिसको फेशन शोमा नेपाली संस्कृतिलाई पश्चिमा पहिरनमा फ्युजन गरेर भिन्न किसिमको डिजाइन प्रस्तुत गर्दैछु,’पुनमले भनिन्,’पश्चिमा पहिरनमा नेपाली संस्कृतिको फ्युजनको स्वाद सहभागीले राम्रो पाउनेछन् ।’

यो शोमा पुनमले नेपालको एक्लो प्रतिनिधित्व गरेकी छन् भने दर्जन बढी देशका फेसन डिजाइनरको पनि शोमा उपस्थिति हुनेछ ।
शोमा पुनमले फेबि्रकलाई मोन्टाइज गरेका १२ वटा डिजाइन प्रदर्शन गर्दैछिन् । प्रदर्शनसँगै पहिरन विक्रीका लागि उनले स्टल पनि राख्नेछिन् । पेरिसपछि उनी दुबइमा पनि फेशन शो गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment