Comments Add Comment

एभरेष्ट बैंकको रेमिट्यान्स सेवा विस्तार

२० भदौ, काठमाडौं । एभरेष्ट बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स (विप्रेषण) कारोबारसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै एभरेष्ट रेमिटबाट पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका ६ हजार भन्दा बढि एजेण्टहरु मार्फत भुक्तानी प्राप्त गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment