Comments Add Comment

महिन्द्राले नयाँ स्टाईलिस ‘म्याकसीमो एच डि’ सिरिज नेपालमा

२० भदौ, काठमाडौं । दुगड ब्रदर्श एण्ड सन्सले नयाँ स्टाईलिस “म्याकसीमो एच डी” सिरिजको गाडीको विक्री शुभारम्भ गरेको छ । अघिल्लो भागमा आठ र पछिल्लो भागमा सातओटा स्प्रीङ पत्ता भएको यो गाडीलाई “बढाऔं आफ्नो प्रोफिटको साईज” भन्ने नाराका साथमा “प्रोफिट ट्रक”को रुपमा ग्राहकमाझ ल्याएको हो ।

समारोहमा दुगड ब्रदर्श एण्ड सन्सका उपाध्यक्ष विवेक दुगडले महिन्द्रा संगको २६ बर्ष देखिको विश्वासिलो र दिगो सम्बन्धको बारेमा प्रकाश पार्दै महिन्द्राको अनेकौ गाडीहरु द्घारा सन्तुष्ट पारिएको ग्राहकहरुनै आˆनो बलियो पक्ष भएको र निरन्तर ग्राहकवर्गहरुलाई सन्तुष्ट पार्नुनै आफ्नो मुल लक्ष्यभएको कुरा बताए ।

नयाँ स्टाईलिस लुक, नयाँ विशेषताहरु सहितको म्याकसीमो एच डि सिरिजका गाडीले ग्राहकहरुलाई धेरै नाफा गराउनुका साथै आनन्दित र आरामदायक यात्रा गराउने कुरामा ढुक्क भएको बताए ।

महाराष्ट्र, भारत स्थीत अन्तराष्ट्रिय स्तरको प्लान्टमा बनेका यी गाडीहरु २ बर्ष वा ७५००० किमि वारेन्टीसहित नेपालका सबै ठाउँहरुमा रहेका डिलर नेटवर्कहरुमा उपलब्ध भएको जानकारी दिए ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड नेपाल कन्टि्र हेड चैतन्य कगल्कार र एम् भि दुगडको उपाध्यक्ष बिबेक दुगडले सार्वजनिक गरे । “प्रोफिट ट्रक”को रुपमा को रुपमा अधिक नाफा प्रत्याभुति भएको यी गाडीहरु अगाडि आठ र पछिल्लो भागमा सातओटा स्प्रीङ्ग पत्ता, ८५० केजीसम्म बोक्न सक्ने क्षमता, २६ एचपीको इन्जिन पावर र धेरै माइलेजसहित ग्राहकमाझ ल्याइएको छ । चाँडै नै धेरै भन्दा धेरै ग्राहकहरुको मन जित्न सफल हुने कुरामा कम्पनी विश्वस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment