Comments Add Comment

संचालन भएको एक सातामै बिग्रियो डायलासिस

२० भदौ, सप्तरी ।सप्तरीको महदेवा गाउँपालिका- ५ का पवितर यादवको मिर्गाैला खराब भएपछि उनी डायलासिस सेवा लिन विराटनगर पुगे । केही दिन सेवा लिएपनि । तर, आफ्नै ठाउँमा यो सेवा प्रारम्भ भएको जानकारी पाएपछि ६५ वर्षीय उनलाई आफन्तले राजविराज ल्याए । राजविराज आएको एक साता हुँदासमेत उनले डायग्नोसिस सेवा लिनका निम्ति अस्पतालमा भर्ना हुन पाएका छैनन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डायलासिस सेवा प्रारम्भ भएको सुनेर यादवलाई उनको आफन्तले विराटनगरबाट लिएर यहाँ आएका थिए ।

अस्पतालले उनलाई भर्ना नगर्नुको कारण हो, संचालन भएको तीन साता नबित्दै डायलासिस मेसिन नै बिग्रनु । अस्पतालमा भएको चार मेसिनमध्ये दुई वटा मेसिन बिग्रेको छ । मेसिन बिग्रेपछि सेवा लिन आउनेहरु रित्तो हात फर्किन बाध्य भएका छन् ।

‘दैनिक रुपमा डायलासिस गराउन आइरहेका छन्,’ अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमन लाल दासले भने, ‘मेसिन बिग्रेका कारण सेवा दिन सकिरहेको छैन् ।’

गत भदौ १ गते उप प्रधान एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डायलासिस सेवाको उद्घाटन गरेका थिए । उनले उद्घाटन गरेको एक सातामै दुई वटा मेसिन बिग्रेको अस्पतालका प्रमुख डा. दासले जानकारी दिए ।

‘बिग्रेको मेसिनलाई मर्मत गर्न दैनिक रुपमा इन्जिनियरलाई फोन गरिरहेका छौं,’ उनले भने, ‘तर आइरहेका छैनन् ।’ उनले बिग्रेकै दिनदेखि फोन गरिरहेको बताए ।

अहिले सात जना बिरामीलाई  डायलासिस सेवा दिन अस्पतालमा भर्ना गरिएको छ । उनले दैनिक रुपमा यो सेवा लिन बिरामी आइरहेपनि भर्ना गर्न नसकिएको बताए । ‘भर्ना नगरेपछि मान्छेहरुलाई रिस उठिरहेको होला तर के गर्नु ?’ उनी दुःखेसो सुनाउँछन् ।

अहिले यो सेवा लिन भर्ना भएका सात जना बिरामीमध्ये एकै दिन तीन जनासम्मलाई सेवा दिनुपरिरहेको जनाउँदै उनले यसै कारण नयाँलाई भर्ना लिन नसकिएको बताए ।

उनका अनुसार कम्तीमा तीन वटा मेसिन अति जरुरी रहेको छ । तीन वटा मेसिन संचालनमा रहेपछि बिरामीहरुलाई सेवा दिन सजिलो हुने उनको भनाइ छ ।

जनशक्ति पनि छैन 

डायलासिस मेसिन सुरु भएर दुई वटा बिगि्रसकेको आफ्नो ठाउँमा छ । तर, संचालन गर्ने प्राविधिकको पनि अभाव छ । अस्पतालले अहिलेसम्म जसोतसो सेवा प्रवाह गरिरहेपनि प्राविधिककै अभावमा सेवा बन्द गर्न सकिने अवस्था पनि बिद्यमान छ । ‘अहिले एक जनालाई विराटनगरबाट बोलाएर यो सेवा दिइरहेका छौं,’ अस्पतालका प्रमुख डा. दासले भने, ‘तर उनी पनि गइहाल्ने बताएपछि आफूहरु चिन्तित भएका छौं ।’

डायलासिस मेसिन चलाउन पारामेडिक तालिम प्राप्त एक जनालाई विराटनगरबाट ल्याएर तथा दुई जना नर्सलाई राखेर यो सेवा संचालन गरिएको दासले बताए ।

यो मेसिन शुभारम्भ गर्दा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण अस्पतालबाट एक जना प्राविधिक र एक जना नर्सलाई बोलाइएपनि उनीहरु र्फकेपछि विराटनगरबाट बोलाइएको उनले बताए ।

विराटनगरबाट आउने गएपछि केहि समस्या नै उत्पन्न हुने बताउँदै उनले यस बिषयमा पनि स्थानीय प्रशासन र स्थानीय तहका प्रमुखहरुसँग छलफल भइरहेको बताए ।

अहिले तत्काल दुई जना नर्स यो सेवा संचालनका लागि रहेपनि एक जना विदामा गएको र एक जना मात्रै रहेकाले सेवा प्रवाह गर्न समस्या भइरहेको डा. दासले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment