Comments Add Comment

जिदानले गरे बेन्जिमाको प्रशंशा

काठमाडौं । रियल मड्रिड छाडेको महिनौंपछि जिनेदिन जिदानले आफ्नो पूर्वक्लबबारे बोलेका छन् । उनले खासगरी फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाको प्रशंसा गरे ।

क्रिष्टियानो रोनाल्डोले रियल मडि्रड छाडेको बेला बेन्जिमा निकै राम्रो लयमा देखिएका छन् । ‘टिमलाई सन्तुलनमा राख्न करिम महत्वपूर्ण छन् किनकी उनी आक्रमणको हिस्सा हुन चाहन्छन्’ पूर्वप्रशिक्षक जिदानले भने ।

टिमका साथीहरुसँग मिलेर खेल जिताउन बेन्जिमाले भूमिका खेल्ने गरेको भन्दै जिदानले भने, ‘उनी वास्तवमै टिम प्लेयर हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment