Comments Add Comment

नाओमा ओसाका पहिलो पटक यूएस ओपनको सेमिफाइनलमा

काठमाडौं । जापानकी नाओमा ओसाका पहिलो पटक यूएस ओपनको सेमिफाइनलमा पुगेकी छन् ।

२० वर्षीया आसाकाले युक्रेनकी लिसा सुरेन्कोलाई ६-१ र ६-१ को साझो सेटमा पराजित गरेकी हुन् । अब उनले अमेरिकाकी माडासन किज्सँग खेल्नेछन् । ‘मेरो पुरै शरीर कामिरहेको थियो । तर, मैले राम्रो खेल्न सकेँ । म खुसी छु’ ओसाकाले भनेकी छन् ।

यो जितसँगै ओसाका किमिको डेटपछि ग्राण्डस्लामको सेमिफाइनलमा पुग्ने पहिलो जापानी महिला बनेकी छन् । डेट सन् १९९६ को विम्बल्डनमा खेलेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment