Comments Add Comment

मेस्सीको उत्कृष्टता जाँच्न अवार्ड चाहिँदैन !

२१ भदौ, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सीका लागि गएको सिजनको प्रदर्शन व्यक्तिगत अवार्डहरुका लागि फलदायी हुन सकिरहेको छैन ।

युईएफ उत्कृष्ट खेलाडीको अवार्डमा पाँचौ स्थानमा रहेका मेस्सी फिफा वर्ष उत्कृष्ट खेलाडीमा पनि अन्तिम तीन भित्र पर्न सकेनन् । यसैले बालोन डिओरमा पनि उनको अवस्था कमजोर हुने आँकलन सुरु भएको छ ।

यस्तोमा बार्सिलोनाका प्रवक्ता जोसेप विवेसले मेस्सी उत्कृष्ट खेलाडी हुन् भन्ने प्रमाणित हुन अवार्ड नै नचाहिने बताएका छन् ।

‘हामी के कुरामा विश्वस्त हुनुपर्छ भने मेस्सी विश्व इतिहासकै उत्कृष्ट फुटबलर हुन् । उनले हरेक खेलमा त्यो उत्कृष्टता देखाएका छन्’ बार्सिलोनाको नयाँ सिजन बारे पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यसैले उनले अवार्ड नजितेको भन्ने कुरामा बसह आवश्यक छैन । मेस्सी को हुन् हामी सबैले बुझेका छौं । यसका लागि उनले अवार्ड नै जित्नुपर्छ भन्ने छैन ।’

गएको सिजन स्पेनिस सुपर कप र ला लिगा जितेका मेस्सीले बार्सिलोनाबाट ५४ खेलमा ४५ गोल र १८ गोलका लागि पास मिलाएका थिए । अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउँदादेखि नै राम्रो गरेका मेस्सीले विश्वकपमा अन्तिम १६ सम्म मात्रै पुगेपनि उनको खेल कमजोर थिएन ।

प्रवक्ता विवेसले बार्सिलोनाले नयाँ ल्याएका खेलाडीहरु पनि राम्रो भएको बताएका छन् । उनले टिममा सन्तुलन मिल्ने गरी नै खेलाडीहरु राखिएको बताए ।

‘हामी सन्तुलित टिम देखेर खुसी छौं । धेरै रकम खर्च नगरी राम्रो टिम बनाउन सकिएकाले बोर्ड पनि खुसी छ । हामी आर्थिक रुपमा राम्रो अवस्थामा छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment