Comments Add Comment

भारतका पूर्वप्रधानमन्त्री देवेगौडा राजनीतिक भेटवार्तामा व्यस्त

२२ भदौ, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा राजनीतिक भेटवार्तामा व्यस्त छन् । धार्मिक भ्रमणको लागि भन्दै बिहीबार नेपाल आएका उनले शुक्रबार बिहानैदेखि बिभिन्न दलका नेताहरुसँग भेटवार्ता सुरु गरेका छन् ।

सुरुमा कांग्रेस नेता प्रकाशमान सिंहसँग भेटवार्ता भएको छ । देवेगौडालाई भेट्न प्रकाशमान उनी बसेको होटल ह्यातमा पुगेका थिए । भेटवार्तामा समसामयीक विषयमा सामान्य कुराकानी भएको प्रकाशमानले जानकारी दिए ।

उनले शुक्रबार दिउँसो अरु नेताहरुसँग भने बत्तिसपुतलीस्थित द्वारिका होटलमा भेटवार्ता गर्दैछन् ।

भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा पशुपति दर्शनका लागि भन्दै बिहीबार काठमाडौं आएका थिए । अन्तर्राष्ट्रिय मैत्री समाजको निमन्त्रणामा काठमाडौं आएका उनले शुक्रबार बिहान पशुपतिमा पूजापाठ गरेका छन् । केही नेताहरुलाई भेटेर उनी शुक्रबार साँझ स्वदेश फर्किनेछन् ।

जनता दल सेक्युलरका अध्यक्ष रहेका देवेगौडा १ जुन १९९६ देखि २१ अप्रिल १९९७ सम्म भारतका प्रधानमन्त्री बनेका थिए । नेपालमा ‘राष्ट्रघाती’ भनिने महाकाली सन्धि देवेगौडाकै पालामा भएको थियो । नेपालको प्रधानमन्त्री भने शेरबहादुर देउवा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment