Comments Add Comment

सिरियाले रसायनिक आक्रमणको तयारी गरेको अमेरिकी आशंका

२२ भदौ, काठमाडौं । अमेरिकाले विद्रोहीको कब्जामा रहेको इदलिब प्रान्तमा सिरिया सरकारले रसायनिक हमलाको तयारी गरेको आशंका व्क्त गरेको छ ।

सिरियाका लागि अमेरिकी नयाँ राजदूत जिम जेफ्रीले आक्रमण तयारीको थुप्रै प्रमाण भेटिएको दाबी गरे । इदलिब जिहादी गुटको आखिरी गढ हो, जसलाई सिरियाको बशर अल असद सरकार छिटो नियन्त्रणमा लिन चाहन्छ ।

यद्यपि सरकारले रसायनिक हतियारको प्रयोगलाई अस्वीकार गर्दै आएको छ ।

मंगलबार रुसी विमानले इदलिबको मुहमबल र जदरायामा हवाई आक्रमण गरेको थियो, जसमा बच्चासहित थुप्रै मारिएको खबर छ । अब अर्को आक्रमणको आशंका त्यसबेला गरिएको छ, जतिबेला रुस, इरान र टर्कीको सम्मेलन भइरहेको छ ।

रुस र इरान असद सरकारका समर्थक हुन् भने टर्की विद्रोहीका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment