Comments Add Comment

एबी भिडिलियर्सले पाकिस्तान सुपर लिग खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकाका लेजेन्ड एबी भिडिलियर्सले अर्को वर्ष पाकिस्तान सुपर लिग खेल्ने भएका छन् ।

पीसीएलले यसको औपचारिक घोषणा गरेको हो । पीसीएलका लागि यो महत्वपूर्ण मानिएको छ ।

लिग खेल्न आफू आतुर रहेको भन्दै भिडिलियर्सले भिडियो सन्देशमा भनेका छन्, ‘पाकिस्तान सुपर लिग विश्वकै शीर्ष टी-२० लिगको रुपमा विकास भएको छ र पछिल्ला वर्षहरुमा पीएसएलका खेलहरु हेर्दा रमाइलो लाग्यो ।’

भिडिलियर्सले गत मेमा मात्र अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनले अब टी-२० लिगमात्र खेल्नेछन् । इण्डियन प्रिमियर लिगमा भने रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment